Sagun Khabar
घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाण्डौ – माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरू गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।

त्यसै दिनदेखि शुरू गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

काठमाण्डौ उपत्यकाको पूर्वी भेगमा रहेको शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरू भएको माधवनारायण व्रत पनि आज सकिदैँछ ।
 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update