काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिएका छन् । उनले आज दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने भएपछि शाहले राजीनामा दिएका हुन् । नेपालको संविधान २०७२ स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाण्डौ महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था बमोजिम आजैदेखि लागू हुने गरि स्वेच्छाले राजीनामा पेश गरेको पत्रमा भनिएको छ ।
बालेन शाह आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय वनस्थली पुगेका छन् । कार्यालय प्रवेशका क्रममा उनलाई रास्वपाका नेता÷कार्यकर्ताले स्वागत गरेका छन् ।
बालेन शाह आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा तयारीमा रहेका छन् ।




