प्रतिनिधि सभाका लागि एमाले दार्चुलाबाट ठगुन्नाको नाम सर्वसम्मत सिफारिश
दार्चुला –आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुलाबाट एमालेले उम्मेदवार सिफारिस गरेको छ । दार्चुलाबाट गणेशसिंह ठगुन्नाको एकल नाम सिफारिश गरिएको हो ।
दार्चुलाबाट सिफारिस ठगुन्ना एमालेको केन्द्रीय सदस्य हुन् । आइतबार बसेको एमाले जिल्ला कमिटीको बैठकले पूर्वमन्त्रीसमेत रहेका ठगुन्नाको एकल नाम सिफारिस गरेको हो । उनी २०७० सालको संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट विजयी भएका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उनी कांग्रेसका दिलेन्द्रप्रसाद बडूसँग पराजित भएका थिए ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०८२ १७:१०
प्रतिक्रिया दिनुहोस्




