दार्चुलाको एक घरमा आगलागी, १ लाख ५० हजार बढीको क्षति
दार्चुला –दार्चुलाको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।
जिल्लाको लेकम गाउँपालिका–५ मैखोलीका अम्बादत्त जोशीको कच्ची दुई तले घरमा आज बिहान आगलागी भएको हो । आगलागीबाट जोशी घर जलेर नष्ट भएको छ भने गोठमा बाँधेको दुहुनो भैंसी समेत मरेको वडा सदस्य शंकरदत्त जोशीले बताए ।
आगलागीबाट गोठमा बाँधेको गाई जलेर घाइते भएको छ भने भित्रको अन्नपात पुर्ण रुपमा नष्ट भएको छ ।
दुहुनो भैंसीका खोले पकाउने क्रममा बालेको आगो सल्किएको आगलागी भएको जोशीले बताए ।
आगलागी भएको थाहा पाएपछि प्रहरीचौकी रातामाटा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट १ लाख ५० हजार बढीको क्षति भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२ १३:३३
प्रतिक्रिया दिनुहोस्




