Sagun Khabar
बैतडीको गेरडा शिवधाममा संगीतमय सत्संग सञ्चालन 

बैतडी–बैतडीको मेलौली नगरपालिका–२ स्थित गेरडा शिवधाममा ९ दिवसीय संगीतमय सत्संग सञ्चालन भएको छ । 

गेरडा शिवधामको आयोजनामा बिहीबारदेखि राम कथासहितको संगीतमय सत्संग सञ्चालन गरिएको गेरडा शिवधामका सल्लाहकार समिति सदस्य विवेकानन्द पाण्डेयले बताए । 

सनातन हिन्दू धर्मको जगेर्ना र आध्यात्मिक चिन्तनको विकासका लागि संगीतमय सत्संगको आयोजना गरिएको पाण्डेयले बताए । 

उक्त सत्संगमा प्रसिद्ध राम कथा वाचक रघुनाथ जोशीले कथा वाचन गरिरहेका छन् राष्ट्रिय संगीत कलाकार नारायण भट्टसहितको टोलीले संगीतमय सत्संग सञ्चालन गरिरहेका छन् । 

गेरडा शिवधाममा बिहान १० बजेसम्म नित्य रुद्राभिषेक, बिहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म कर्मकाण्ड प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको पाण्डेयले जानकारी दिए । 

यस्तै दिउँसो साढे २ बजेदेखि साढे ४ बजेसम्म संगीतमय सत्संग र राति ७ बजेदेखि ९ बजेसम्म रात्रिकालिन भजनकिर्तन सञ्चालन भइरहेको छ । 

पौष १८ गतेसम्म सञ्चालन हुने उक्त संगीतमय सत्संगमा सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको छ । 

गेरडा शिवधाममा आगामी वैशाखदेखि गुरुकुल सञ्चालन गर्ने योजना रहेको र त्यसैको तयारी स्वरुप सत्संगको आयोजना गरिएको गेरडा शिवधाम समितिले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update