Sagun Khabar
कैलाली र कञ्चनपुरमा निषेधाज्ञा शुरु
फोटो :  दिनेश खबरबाट 

 कैलाली –स्थानीय प्रशासनले कैलाली र कञ्चनपुर जिल्लामा जारी गरेको निषेधाज्ञा बिहीबारदेखि सुरु भएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा बिहीबार विहानदेखि निषेधाज्ञा लागु गरिएको हो ।  

यी २ जिल्लामा वैशाख २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिएको जनाइएको छ । जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको प्रशासनहरुले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निषेधाज्ञा गर्नु बाध्यत्मक अवस्था रहेकोले सबैलाई गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि घरमै सुरक्षित बस्न आग्रह गरे । निषेधाज्ञाको उल्लघंन गरिए कानून बमोजिम कडा कारवाही गरिने उनले बताए । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update