Sagun Khabar
राष्ट्रपतिद्वारा चुनावसम्बन्धी अध्यादेश जारी

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले चुनावसम्बन्धी अध्यादेश जारी गरेका छन् ।  संविधानको धारा १९४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका हुन् । 

हिजो बसेको मन्त्रिपरिषद् बैठकले चुनावसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update