दार्चुला –दार्चुलामा भन्सार छलीका सामग्रीसहित दुई जना पक्राउ परेका छन् ।
दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगर लास्सुखोला दोभानस्थित महाकाली नदीको किनाराबाट बझाङको दुर्गाथली गाउँपालिका–६ घर भई हाल दार्चुलाको महाकाली नगरपालिका–४ प्रेम शालिक नजिकै कोठा गरी बस्ने ३५ वर्षीय शेरबहादुर महता र भारतको पिथौरागढ जिल्ला सिरखा, उत्तराखण्ड घर भई हाल भारतको धार्चुला बजार बस्ने २४ वर्षीय भासु बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु दुवै जनालाई नेपालबाट महाकाली नदी पार गरी भारततर्फ भन्सार छलेर लैजाँदै गरेको अन्दाजी ७९ हजार मूल्य बराबरको लेडिज कटराईज पाईन्ट, लेडिज ट्राउजर, कटराइज पाइन्ट लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।
उक्त सामानसहित दुवै जनालाई सामुदायिक सेवा केन्द्र बाङगाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलवार फेला पारी नियन्त्रण लिएको जनाएको छ ।




