Sagun Khabar
दार्चुलाको मार्मामा भीरबाट लडेर एक किशोरीको ज्यान गयो 

दार्चुला –दार्चुलाको मार्मामा भिरबाट लडेर एक किशोरीको ज्यान गएको छ । 

मार्मा गाउँपालिका –६ चेत्कल्लीकी १४ बर्षीया मनिषा धामीको वडा नम्बर ५ र ६ को सिमानामा पर्ने मानदाङ भीरबाट लडेर ज्यान गएको वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोषसिंह कोट्टारीले बताए ।

मार्मा गाउँपालिका वडा नम्बर ५ को जन्नीगाउँ बजारमा दिदीसँगै चामल ल्याउन गएकी मनिषाको घर फर्कने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update