Sagun Khabar
कालापानी आसपास क्षेत्रमा भूकम्पको धक्का

दार्चुला–दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर मंगलबार राति ९बजेर २४ मिनेटमा ४ दशमलटव ३ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सिनाले बताए ।

यसअघि सोमवार साँझ बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । 

यस्तै गएको आइतबार बिहान दार्चुलाको घुसा केन्द्रबिन्दु भएर ४दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । 

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर स–साना भूकम्प जानेक्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठुला भूकम्प जाने गरेको छ ।

पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएको ५ सय बर्षभन्दा बढी समय भइसकेकाले भूकम्पीय जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update