बैतडी–बैतडीमा एक दिने राजयोग कार्यक्रम सम्पन्न भएको छ । बह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय पाटन बैतडीको आयोजनामा आइतबार देहीमाण्डौंमा राजयोग कार्यक्रम सम्पन्न गरिएको हो ।
निङ्गलाशैनी योग साधना केन्द्र, निङ्गलाशैनी मावि र निङ्गलाशैनी आवासीय बोर्डिङ स्कुलमा राजयोग कार्यक्रम सञ्चालन गरिएको बह्रमाकुमारी बिमला बोहराले बताइन् ।
वर्तमान समयमा मानिसमा विभिन्न खालका तनाव बढीरहेकाले शान्त मन, आनन्दमय स्वस्थ जीवनका लागि राजयोग कार्यक्रम सञ्चालन गरिएको बह्रमाकुमारी बोहराले बताइन् ।
जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि राजयोग कार्यक्रम सञ्चालन गरिएको राजयोगिनी बह्रमाकुमारी दुर्गा दिदीले बताइन् ।
जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न समय र स्थानमा राजयोग कार्यक्रम सञ्चालन गर्ने गरिएको बह्रमाकुमारी ईश्वरीय विश्वविद्यालयले जनाएको छ ।




