Sagun Khabar
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाण्डौमा हुने

काठमाण्डौ – नेपाली कांग्रेसको १५औं महाधिवेशन आउँदो पुस २६ गतेदेखि २८ गतेसम्म काठमाण्डौमा हुने भएको छ । आज बसेको पार्टी केन्द्रीय समिति बैठकले १५औ महाधिवेशन गर्ने मितिसहितको कार्यतालिका सर्वसम्मतिले पारित गरेको हो ।

कार्यतालिकामा वडा अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते, सातवटै प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न गरिने उल्लेख गरिएको छ ।

कांग्रेसले आउँदो महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रिय छानबिन समिति र केन्द्रीय निर्वाचन समिति पनि बनाउने निर्णय गरेको छ ।

पार्टीका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्श गरेर ती समितिहरूको गठन गर्ने पनि निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update