Sagun Khabar
सन्तोष परियारद्वारा रास्वपा परित्याग

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य एवम् पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका परियारले आज पार्टी परित्याग गरेको जानकारी दिएका छन् । उनले  नयाँ अभियान शुरू गर्नका लागि रास्वपा पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । 

परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन् । यसअघि रास्वपाको तर्फबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update