Sagun Khabar
प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाण्डौ – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी  चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आज विहान भएको कार्यक्रममा गृह–सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी  चिह्न लगाइदिएका हुन् । 

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण चन्द्रकुवेर खापुङ गएराति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो । कार्कीले आजै प्रहरी प्रधान कार्यालय पुुगेर पदभार गरेका छन् । 

३३औँ महानिरीक्षकमा कार्कीले २०८४ साल चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । गएको सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update