दार्चुलामा भूकम्पको धक्का महसुस
दार्चुला –दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
दार्चुलासँग सीमा जोडिएको तावाघाट भन्दा १० किलोमिटर टाढा भारतीय क्षेत्रलाई केन्द्र बिन्दु बनाएर गएराति १० बजेर ४० मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाले बताए ।
सीमावर्ती भारतीय क्षेत्रमा केन्द्र बिन्दु बनाएर भूकम्प गएको हुनाले दार्चुलामा पनि भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पबाट क्षति भए नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त नभएको बताइएको छ ।
नेपालको पश्चिमी क्षेत्रमा भूकम्पीय जोखिम कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ ०७:५२
प्रतिक्रिया दिनुहोस्





