Sagun Khabar
कांग्रेस जिल्ला कार्यसम्पादन समिति बैतडीको बैठक सम्पन्न : के–के भए निर्णय ?

बैतडी –नेपाली कांग्रेस नवौं जिल्ला कार्यसम्पादन समिति बैतडीको बैठक सम्पन्न भएको छ । 

पार्टी कार्यालय गोठलापानीमा आज बसेको बैठकमा क्रियाशील सदस्यताको बिषय यही कार्तिक मसान्तभित्र टुंग्याउने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । नयाँ क्रियाशील सदस्य तथा नवीकरण गर्नुपर्ने सदस्यहरुलाई यही महिनाभित्र सदस्यता दिइसक्नुपर्ने निर्णय भएको उनले बताए । 

यस्तै आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखेर मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यलाई पार्टीका संरचनामार्फत सहयोग गर्ने निर्णय भएको छ । यसका लागि वडादेखि पालिका समितिलाई पत्राचार गर्ने र मतदाता नामावलीमा नाम दर्ता नभएकाहरुको नाम दर्ता गराउन भूमिका खेल्ने निर्णय भएको सचिव चन्दले बताए । 

यस्तै नेपाली कांग्रेसको नियमित महाधिवेशन समयमै गर्नका लागि केन्द्रीय कार्यसमितिलाई पत्राचार गर्ने निर्णय पनि भएको सचिव चन्दले बताए । 

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा भएको बैठकमा पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी, कार्यसम्पादन समितिका सदस्य, पालिका कार्यसमितिका सभापति, पार्टीबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update