Sagun Khabar
राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनीमा बैतडीका दुई सहित तिन जना पक्राउ

बैतडी- जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा बैतडीका दुई सहित तिन जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बैतडीको मेलौली  नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेको प्रहरीको स्रोतमा उल्लेख गरिएको छ ।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । उनीहरूले जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनी गर्नुका साथ हुनुका साथै त्यहाँबाट सरसामान चोरेको आरोप रहेको छ ।

उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाई फाई राउटर लगायतका सामग्री समेत बरामद भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update