Sagun Khabar
बैतडीको पाटन १० बन्तडकी कल्पना महराको उपचारमा आर्थिक अभाव,सहयोगको अपिल                         

बैतडी-  बैतडीको पाटन नगरपालिका वडा न. १० बन्तडकी कल्पना महराको उपचारमा आर्थिक अभाव भएको छ । बिगत ७–८ वर्षदेखी मृगौला रोगबाट पीडित महराले आफूसंग भएको पैसाले अहिलेसम्म उपचार गरेको र अब उपचारका लागि आर्थिक अभाव भएको स्थानीय लक्ष्मण महराले बताए ।

नेपाल लगायत भारतका बिभिन्न अस्पतालमा उपचार गराएर पैसा सकिएपछि अहिले कल्पनाको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको अभियान्ता लक्ष्मण महराले बताए । अहिले आर्थिक अभावकै कारण अस्पताल जान नसकिएको महराले बताए । 

हाल कञ्चनपुर जिल्लाको गोदावरी नगरपालिका ४ भरतपुर बस्ने कल्पनाका श्रीमान र नाबालीक दुइ छोरी छन् । 

महराको उपचारमा सहयोग गर्नका लागि सबै मनकारी महानुभावहरुमा आग्रह गरिएको अभियान्ता लक्ष्मण महराले बताए । कल्पनालाई सहयोग गर्न चहानुहुने व्यक्तिले लक्ष्मण सिहं महराको ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ०१९०७०१००१८४९२ मा रकम जमा गर्न सक्ने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update