बैतडी –बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका –७ ढाँणकी ५८ बर्षीया हरुली कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।
बुधबार सोही वडाको न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा कार्कीको भीरबाट लडेर मृत्यु भएको स्थानीय बमबहादुर कार्कीले बताए ।
बुधबार दिउँसो ४ बजेतिर कार्की भीरबाट लडेकी र खोजी गर्दै जाँदा बेलुकी ६ बजेतिर भीरभन्दा एक सय मिटर तल उनको शव फेला परेको बताइएको छ ।
मृतक कार्कीका छोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहेकाले उनी आएपछि आज अन्त्येष्टी गर्ने तयारी रहेको छ ।
मृतक कार्कीका श्रीमान पहिला नै बितिसकेका र उनी एक्लै घरमा बस्दै आएकी थिइन् । मृतक कार्कीका एक जना छोरा रहेका र उनी सशस्त्र प्रहरीको जागीरमा रहेका बुझिएको छ ।
कार्कीको भीरबाट लडेर मृत्यु भएपछि ढाँण गाउँ शोकमा डुबेको छ ।





