बैतडीको एक घरमा आगलागी
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाको एक घरमा आगलागी हुँदा क्षति भएको छ ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीका कृष्णानन्द भट्टको घरमा सोमबार साँझ सात बजेतिर आगलागी भएको हो । तीन तले १२ कोठे घरको माथिल्लो तलाको भान्सा कोठाबाट आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
भट्टको घरमा भएको आगलागी प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा राति १२ बजेमात्रै नियन्त्रणमा लिन सकिएको प्रहरी निरीक्षक बडूले बताए ।
आगलागीबाट भट्टको घरको तीन कोठामा क्षति भएको छ । आगलागीबाट भएको क्षति विवरण संकलनको काम भइरहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक बडूले बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२ ०८:२९
प्रतिक्रिया दिनुहोस्





