Sagun Khabar
रास्वपा दार्चुलाको सभापतिमा राजेशसिंह सामन्त चयन 

दार्चुला –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा राजेश सिंह सामन्त चयन भएका छन् । यस्तै उपसभापतिमा सुरेन्द्रबहादुर खडायत चयन भएका रास्वपा दार्चुलाले जनाएको छ । 

सोमबार (आज) जिल्ला सदरमुकाम खलंगामा आयोजना भएको रास्वपाको दोस्रो जिल्ला भेलाबाट सामन्तलाई सभापति र खडायतलाई उपसभापतिमा चयन गरेको हो । 

यसअघि नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघको अध्यक्ष समेत भइसकेका सामन्त रास्वपामा सक्रिय भएका हुन् । उनले रास्वपाबाटै दार्चुलाको विकासका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

जिल्ला भेलामा रास्वपा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्ट, प्रदेश महामन्त्री सन्तोष जोशी, रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी) सहित जिल्लास्तरीय नेताहरूको सहभागिता थियो । 

पछिल्लो समय रास्वपाले दार्चुलामा संगठन विस्तार अभियानलाई तीव्र पारेको छ । रास्वपाले निर्वाचन केन्द्रित भएर संगठन विस्तार गरिरहेको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update