दार्चुला –दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकमा पैदल हिँडीरहेका लुहारलाई सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिपले ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका लुहारलाई जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो । लुहारलाई धनगढी लैजाने क्रममा गोकुलेश्वर नपुग्दै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक विक्रमबहादुर शाहीले जानकारी दिए ।
ठक्कर दिने जिप र जिप चालक व्याँस गाउँपालिका–३ सिना बस्ने ३८ बर्षीय कल्याणसिंह धामीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





