Sagun Khabar
ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका मडै परिवारको उपचार हुँदै, सहयोगको अपिल 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–५ हरिचन घर भई हाल कैलालीको गोदावरी नगरपालिका –३ मालाखेती चौकीडाँडा बस्दै आएका पार्वती महरा मडै र उनका दुई जना छोरा उमंग मडै र उत्सव मडै ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका छन् । 

गएको असोज २८ गते बेलुकी खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको घाइते पार्वतीका श्रीमान हरिसिंह मडैले बताए । आगलागीबाट घाइते भएका पार्वती र उत्सवको अहिले काठमाण्डौंस्थित किर्तीपुर बर्न अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ । 

सोही दिनको आगलागीमा घाइते भएका १० बर्षीय उमंग मडैको भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भएको बताइएको छ । 

घाइते दुईजनाको बर्न अस्पतालमा उपचार भइरहेको र आर्थिक अभाव रहेकाले सहयोगका लागि अपिल गरिएको छ । 

आगलागीबाट घाइते भएका पार्वतीका श्रीमान अहिले रोजगारीको सिलसिलामा दुबइमा रहेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारका लागि सहयोग गरिदिन मडैले सबैमा आग्रह समेत गरेका छन् । उनले भने, ‘मेरो घर परिवारका तीनै जना आगलागीबाट घाइते भएका छन् । मनकारी सबैलाई उपचारमा सहयोग गरिदिन अनुरोध गर्दछु ।’

रोजगारीको सिलसिलामा दुबइ रहेका उनले समस्या परेको बेला समेत घर आउन नपाएको बताएका छन् । यो समयमा गरेको सहयोग कहिले नभुल्ने बताउँदै उनले श्रीमती र छोरोको प्राण रक्षाका लागि सहयोग गरिदिन अनुरोध गरेका छन् । उनले भने, ‘म यहाँ पनि मजदुरी गर्ने मानिस हुँ । मेरो घरमा अकल्पनीय घटना भएको छ । मनकारी सबै व्यक्तिहरुलाई सहयोगका लागि अनुरोध गर्दछु ।’

पार्वती महरा मडै र उनका छोराहरुको उपचारका लागि अहिले सहयोग अभियान सञ्चालन भइरहेको छ । उक्त अभियानमा मनकारीहरुले सहयोग गरिरहेका र अरुलाई समेत सहयोगका लागि अपिल गरिएको अभियान्ता विशाल भट्टले बताए । सबैको स–सानो सहयोगले घाइते पार्वती र उनको छोराहरुको जीवन रक्षा हुने भएकाले सहयोगका लागि उनले सबैमा आग्रह गरेका छन् । 

सहयोग गर्ने महानुभावहरुले तलको खाता नम्बरमा रकम जमा गर्न सक्नेछन् 

Name: - Parwati Mahara

A/C Number :- 00300800448332000001

Bank name :-Mahalaxmi Bikash Bank

mahara-1-1761111602.jpg
 

Name :- Hari Singh Madai

A/C Number :-170229240100010

Bank Name: Prabhu Bank

hari-1-1761111623.jpg

भारतबाट सहयोग गर्न चाहने महानुभावहरुले निम्न खाताबाट सहयोग गर्न सक्नुहुनेछ । 

india-support-1761111675.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update