
बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा शहीद भएका शिवनाथ गाउँपालिका–२ का दिपकसिंह साउँदको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
शहीद साउँदको परिवारलाई पालिकाकातर्फबाट एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गाउँ कार्यपालिका बैठकबाट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।
कार्यपालिकाको निर्णय अनुसार शहीद परिवारलाई केही दिनभित्रै आर्थिक सहायता उपलब्ध गराइने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
यसअघि संघीय सरकारले साउँदको परिवारलाई १० लाख आर्थिक सहायता, ५ लाख यातायात र किरिया खर्च बाफतको १५ लाख रुपैयाँ एकमुष्ट रुपमा उपलब्ध गराइसकेको छ ।
एक बर्षदेखि काठमान्डौंको किर्तीपुरमा डेरा गरी कोरीया जाने तयारी गरिरहेका दीपक भदौ २४ गते भएको जेन–जी आन्दोलनमा गम्भीर घाइते भएका थिए । उपचारकै क्रममा उनको भदौ २७ गते निधन भएको थियो ।