
बैतडी : बैतडीमा पाटन फिडर अन्तर्गतको विद्युत् सेवा आज दिउँसो केही घण्टाका लागि अवरुद्ध भएको छ।
खोड्पे–ठाडदेखि पाटन सुर्नया गाडसम्मको लाइनमा बारम्बार देखिएको समस्या समाधान गर्न तथा लाइनमा झुन्डिएका रुखका हाँगाबिंगा हटाउने कार्यका कारण विद्युत् आपूर्ति रोकिएको विद्युत वितरण केन्द्र बैतडीले जनाएको छ । नेपाल विद्युत प्राधिकरण, बैतडी वितरण केन्द्रका अनुसार आज दिउँसो १२:२० बजेदेखि २:०० बजेसम्म लाइन मर्मत तथा सरसफाइ कार्य भइरहेकाले सो समय अवधिमा ठाडदेखि अगाडिका क्षेत्र—पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका तथा सुर्नया गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले बताए ।
जिल्लाको सुर्नया गाउँपालिकाका अधिकांस क्षेत्रमा भने अझै थप काम हुने भएकाले उक्त क्षेत्रमा आज अपरान्ह ४:३० बजेसम्म विद्युत सेवाअवरुद्ध हुने जनाइएको छ। प्राधिकरणले सम्भावित असुविधाका लागि ग्राहकहरूसँग क्षमायाचना गर्दै, विद्युत् प्राधिकरणले मर्मतका क्रममा वा लाइन नजिक काम गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
विद्युत लाइनमा जुनसुकै बेला पनि विद्युत् प्रवाह हुन सक्ने भएकाले विद्युत लाइन , पोल जस्ता उपकरण तथा संरचना छुने जस्ता जोखिमपूर्ण कार्य नगर्नु भनी सचेत गराएको छ।