Sagun Khabar
सेती अस्पतालद्वारा ओपीडी र शल्यक्रिया सेवा बन्द 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली–कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै सेती प्रादेशिक अस्पतालले इमरजेन्सी बाहेक बहिरङ्ग(ओपीडी) र इलेक्टिभ सर्जरी सेवा स्थगित गरेको जनाएको छ ।

बुधबार अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन अनुसार बैशाख १६ गतेदेखि बहिरङ्ग(ओपीडी) र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको जनाएको हो ।

कोरोना संक्रमणको यो अवस्थामा भरसक अस्पताल नआउन र आउनै परे सम्बन्धित डाक्टरहरुको परामर्शमा आउन सूचनामा भनिएको छ । सूचनामा डाक्टरहरुको नाम र नम्बर समेत उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update