Sagun Khabar
बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन 

बैतडी –बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन शुरु गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले सदरमुकामस्थित गोठलापानी बजारमा मंगलबार अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए । 

गोठलापानी बजारमा ४२ ओटा पसलहरुमा अनुगमन गरिएको र म्याद नाघेका सामग्री नभेटिएका उनले बताए । पसल, होटेल लगायतमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको हो । 

पछिल्लो समयमा बजारमा अनुशासन कायम हुँदै गएको बताइएको छ । म्याद नाघेका सामग्री विक्रि गर्न नहुने कुरामा व्यापारी पनि सचेत भएका छन् भने उपभोक्ताहरुले पनि सचेतता अपनाउन थालेका छन् । 

बजार अनुगमनको क्रममा नियमानुसार दर्ता र नवीकरण गर्न आग्रह गरिएको कठायतले बताए । दर्ता र नवीकरण नभएका पसलहरुलाई यथाशीघ्र दर्ता प्रक्रियामा जान आग्रह गरिएको उनले बताए । 

चाडपर्वको समयमा महंगी,कालोबजारी लगायतका समस्याहरु देखिन सक्ने भएकाले अनुगमन समितिले यो तर्फ पनि ध्यान दिएको उनले बताए । 

यस्तै स्थानीय तहका बजारमा अनुगमन गर्ने अधिकार स्थानीय तहहरुलाई दिइएको छ । उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा रहेको अनुगमन समितिले स्थानीय तहको बजार अनुगमन गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कठायतले बताए । बजार अनुगमनका बिषयमा जानकारी दिएका स्थानीय तहहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको समेत सहभागिता रहने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update