Sagun Khabar
काठमाण्डौं महानगरद्वारा बैतडीको सिगास गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण 

बैतडी –काठमाण्डौं महानगरपालिकाले बैतडीको सिगास गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । एम्बुलेन्स नभएका दुर्गम पालिकालाई एम्बुलेन्स प्रदान गर्ने नीति अनुुसार सिगास गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको हो । 

सिगासहित देशभरका ३५ ओटा दुर्गम पालिकालाई महानगरले एम्बुलेन्स हस्तान्तरण गरेको हो । 

सिगास गाउँपालिकाले महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त गरेको र शिवलिङ्ग स्वास्थ्यचौकीमार्फत सञ्चालन गरिने सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए । 

महानगरले उपलब्ध गराएको एम्बुलेन्स गाउँपालिका उपाध्यक्ष धाना धामी र स्वास्थ्य शाखा प्रमुख बोहराले बुझेका थिए । उक्त एम्बुलेन्स बुझेर ल्याउन लागेको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । 

यसअघि सिगास गाउँपालिकामा एम्बुलेन्स नहुँदा समस्या रहेकोमा अब त्यो समस्या समाधान हुने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । शिवलिङ्ग स्वास्थ्यचौकीमार्फत एम्बुलेन्स सञ्चालन गरिने र आवश्यकता अनुसार सबै वडामा सेवा दिने उनले बताए । 

यस्तै गाउँपालिकाले पनि एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । चालु आर्थिक बर्षभित्रै पालिकाले एम्बुलेन्स खरीद गरी गाँजरी स्वास्थ्यचौकीमार्फत सञ्चालन गर्ने योजना रहेको उनले बताए । 
सिगास गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेसँगै आकस्मिक बिरामीहरुका लागि सहज हुने भएको छ । गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगिसकेको छ । समस्यामा परेका बिरामीहरुका लागि एम्बुलेन्स उपलब्ध गराइने बोहराले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update