Sagun Khabar
बैतडीमा एक मेगावाट क्षमताको गन्नीगाड साना जलविद्युत आयोजना निर्माण हुने

बैतडी –बैतडीमा एक मेगावाट क्षमताको गन्नीगाड साना जलविद्युत आयोजना निर्माण हुने भएको छ । 

डिलाशैनी गाउँपालिका वडा नं १ मा उक्त आयोजना निर्माण हुने भएको हो । वडा नं १ र २ मा रहेको गन्नीगाड खोलको पानी सदुपयोग गर्ने कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो । 

एक मेगावाट क्षमता उक्त आयोजनाको सोमबार घटस्थापनाका दिन शिलान्यास गरिएको छ । प्रवद्र्धक कम्पनी अध्यक्ष अनिश गौतम, स्थानीय जनप्रतिनिधि जनकुमार घरडी र इन्जिनियर डा. कृष्णप्रसाद दुलालको उपस्थितिमा आयोजनाको शिलान्यास गरिएको हो । 

कञ्चन उर्जा प्रालि र नेपाल विद्युत प्राधिकरणबी २०८० मंसिर १९ गते आयोजनाको विद्युत खरीद –विक्रि सम्झौता भइसकेको अध्यक्ष गौतमले बताए । 

अबको एक बर्ष ६ महिनापछि विद्युत उत्पादन गरिसक्ने लक्ष्यसहित दशैँपछि आयोजना निर्माणको काम धमाधम गरिने अध्यक्ष गौतमको भनाइ छ ।  

आयोजनाले उत्पादनको गरेको विद्युत बलाँच सवस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीका प्रतिनिधि दिपेन्द्रबहादुर रानाले बताए । 

आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लाबासीका लागि समेत लगानीको अवसर प्रदान गरिने उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update