Sagun Khabar
प्रहरी चौकी तोडफोड र आगजनी गर्ने बैतडीका एकसहित दुई जना पक्राउ 

बैतडी –जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२ सानेपाकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीको मलौली नगरपालिका घर भएका २४ वर्षीय धिरेन्द्र चन्द छन् ।

उनीहरूले प्रहरी प्रभाग हनुमानस्थनमा आगजनी गरेको, सरकारी सम्पत्ति नष्ट गरेको र प्रहरीको पोशाक, धनमालमा क्षति पु¥याएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा पहिचान गरेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update