
बैतडी –बैतडीको पाटन नगरपालिका–९ स्थित लोकानन्द धनेश्वरीदेवी दीर्घराज भट्ट स्मृति प्रतिष्ठानले सिद्धेश्वर मावि हुक्केडाँडामा जेष्ठ नागरिक र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आइतबार पितृ विसर्जन औंसीको अवसर पारेर विद्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच जेष्ठ नागरिक र विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।
जेष्ठ नागरिक पितृ गौरव विशिष्ट सम्मानबाट पाटन नगरपालिका ९ धारापानीका जगदीश भाट र पाटन –८ रिसेडीका नन्दा मडै सम्मानित भएका छन् ।
यस्तै संस्कृति संरक्षण पितृ गौरव विशिष्ट सम्मानबाट डडेल्धुराको नवदुर्गा –५ गोपी अवस्थी सम्मानित भएका छन् । यस्तै सर्वोत्कृष्ट शिक्षक विशिष्ट सम्मानबाट सिद्धेश्वर माविकी शिक्षक चन्द्रावती भाट सम्मानित भएकी छन् ।
यसैगरी जेहेन्दार मेहनती विशिष्ट सम्मानबाट दिया महरा र प्रशान्त महरा सम्मानित भएका छन् ।
यस्तै प्रतिष्ठानले शैक्षिक उत्कृष्ट विशिष्ट सम्मान सिद्धेश्वर माविका ८ जना छात्रछात्राहरुलाई प्रदा गरेको छ । कक्षा ३ का विराज महरा र जयन्ती महरा, कक्षा ५ का किरण भाट र विन्दु महरा, कक्षा ८ का प्रविन महरा र प्रिति महरा र कक्षा १० का जीवन महरा र कविता मडैलाई उक्त सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
समाजमा सकारात्मक भावनाको विकासका लागि लोकानन्द धनेश्वरीदेवी दीर्घराज भट्ट स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष करुणाकर भट्टले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटको अध्यक्षतामा भएको कार्यक्रममा पाटन नगरपालिका –९ का अध्यक्ष कालुसिंह भाटको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा लोकानन्द धनेश्वरीदेवी दीर्घराज भट्ट स्मृति प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।