Sagun Khabar
अरिङ्गालको टोकाइबाट बैतडीका एक युवकको ज्यान गयो 

बैतडी –अरिङ्गालको टोकाइबाट बैतडीका एक युवकको मृत्यु भएको छ । 

जिल्लाको शिवनाथ गाउँपालिका–५ बिनपत्या घर भएका ४० बर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको उनका आफन्त सुरतकुमार पार्कीले बताए । 

मकैको थुप्रो बनाउने काठ काट्न गएका बेला दयाललाई गएको भदौ २२ गते अरिङ्गालले टोकेको थियो । काठ काट्ने क्रममा दयाललाई अरिङ्गालले टोकेपछि उनी गम्भीर घाइते भएका थिए । 

भदौ २३ गते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याएको थियो । अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई अस्पतालबाट  घर ल्याइएको पार्कीले बताए । 

अरिङ्गालको टोकाइबाट सिकिस्त भएका दयालको शनिबार मृत्यु भएको उनले बताए । \

मृतक दयालको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । अकालमै दयालको मृत्यु भएपछि बिनपत्या गाउँ शोकमा डुबेको छ । 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update