Sagun Khabar
सुर्नयामा संविधान दिवसको अवसरमा कांग्रेस, एमाले र माओवादीको संयुक्त कार्यक्रम 

बैतडी – बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाएका छन् । 

गाउँपालिकाको सभाहलमा तीनै दलका नेता तथा कार्यकर्ताहरुको सहभागितामा दिवस मनाइएको नेकपा माओवादी केन्द्रका सुर्नया गाउँकमिटि अध्यक्ष केशव बिष्टले बताए । 

नेपाली कांग्रेस सुर्नया गाउँपालिका सभापति प्रतापसिंह महराको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा एमाले नेता नरेन्द्र बिष्ट, माओवादी केन्द्रका जयसिंह महरा लगायतको उपस्थिती रहेको थियो । 

संविधान दिवसको अवसरमा तिनै दलले संयुक्त रुपमा दीप प्रज्वलन गर्दै वर्तमान संविधानको रक्षाका लागि एकजुट हुनुपर्ने सन्देश दिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए । यो संविधानको रक्षा गर्न सकेमात्रै लोकतन्त्रको रक्षा हुने भन्दै संविधान विरोधी तत्वहरुको समयमै पहिचान गर्नुपर्नेमा उनले जोड दिए । 

वर्तमान संविधानको रक्षाका लागि लोकतन्त्र पक्षधर शक्तिहरु एक हुनुको विकल्प नभएको एमाले नेता नरेन्द्र बिष्टले बताए । 

उक्त कार्यक्रममा सुर्नया गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहरा लगायतका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 

२०७२साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए  । वर्तमान संविधान जारी भएको एक दशक पुरा भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update