Sagun Khabar
बैतडीमा पनि मनाइयो संविधान दिवस 

बैतडी–बैतडीमा पनि संविधान दिवस मनाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले छुट्टाछुट्टै पार्टी कार्यालयमा दिवसको अवसरमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेका हुन् । 

नेपाली कांग्रेस बैतडीले संविधान दिवसको अवसरमा परिवर्तित राजनीति र नेपालको संविधान बिषयक अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती संविधान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको बताइएको छ । 

वर्तमान राजनीतिक अवस्थाका बिषयमा अन्तरक्रियामा नेताहरुले आफ्ना धारणा प्रस्तुत गरेका थिए । 

यस्तै नेकपा एमालेले पनि संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा अन्तरक्रिया तथा छलफल गरेको छ । केन्द्रीय सदस्य एवं बैतडी इञ्चार्ज लिलाधर भट्ट लगायतका नेता कार्यकर्ताहरुको उपस्थितीमा संविधान दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न गरिएको एमाले बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update