सरस्वती संस्कृत माविको विव्यस अध्यक्षमा ठगुन्ना चयन 
                        
                        
                                                
                                            
                                                                    बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–६ स्थित सरस्वती संस्कृत मावि नगतडीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पंकजसिंह ठगुन्ना चयन भएका छन् ।
बिहीबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले ठगुन्नाको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन गरेको समितिका सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक हरिशरण उपाध्यायले बताए । 
नयाँ विद्यालय व्यवस्थापन समितिले विद्यालय सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएको उनले बताए । 
कक्षा १० सम्म संस्कृत बिषयको पढाइ हुने सरस्वती संस्कृत माविले यो बर्षको एसईई शत प्रतिशत नतिजा हात पारेको थियो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आफूले सक्दो पहल गरिरहेको प्रधानाध्यापक उपाध्यायले बताए । 
 
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १८:१५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
