पहिरोका कारण अवरुद्ध महाकाली लोकमार्ग सुचारु 
                        
                        
                                                
                                            
                                                बैतडी –सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको महाकाली लोकमार्ग सुचारु भएको छ ।
लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत बैतडीको दोगडारकेदार गाउँपालिका–५ सलसेनामा मंगलबार बिहान सवा ९ बजे पहिरो खसेको थियो । उक्त पहिरो पन्छ्याएपछि मंगलबार राति ८ बजेदेखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
सडक सुचारु भएसँगै बीचबाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ गएका बताइएको छ । उक्त क्षेत्रमा पहिरोको जोखिम भने कायम रहेको छ ।
सलसेना क्षेत्रमा खसेको पहिरो पन्छ्याउन ११ घण्टा लागेको थियो । 
 
प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०७:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
