बैतडीको सलसेनामा पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध 
                        
                        
                                                
                                            
                                                                    बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाको सलसेनामा पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
महाकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तर्गत सलसेनामा मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका गाडी, बैतडीबाट दार्चुलाका लागि छुटेका गाडी र तराईबाट दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् ।
सडकमा खसेको पहिरो पन्छ्याउनका लागि पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उक्त पहिरो सफा गर्नका लागि दोगडाकेदार गाउँपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उनले बताए । 
 
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १०:२६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
