मेलौली नगरपालिकामा कामकाज सुचारु, तालाबन्दी खुल्यो 
                        
                        
                                                
                                            
                                                                    बैतडी –बैतडीको मेलौली नगरपालिकामा गरिएको तालाबन्दी खुलेपछि कार्यालयको कामकाज सुचारु भएको छ ।
गएको बिहीबार गरिएको तालाबन्दी आइतबार दिउँसो खुलेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिए । तालाबन्दी गर्ने पक्षले उठाएका मागहरु सम्बोधन गर्ने प्रतिबद्धतापछि तालाबन्दी खोलिएको हो ।
नगर प्रमुख अहिले घरमै रहेका र तालाबन्दी गर्ने पक्षसँग फोनमार्फत कुराकानी गरेर तालाबन्दी खोलिएको प्रमुख प्रशासकीय अधिकृत चन्दले बताए । नगर प्रमुख भीमबहादुर चन्द नगरपालिकामा आएपछि छलफल गरिने बताइएको छ ।
गत बिहीबार विभिन्न मागहरु राख्दै जेनजी, जेन एक्स, जेन वाइ, नागरिक समाज लगायतले नगरपालिकामा तालाबन्दी गरेको थियो ।
नगरपालिकामा भ्रष्टचार,बेथिती,अनियमितता बढेको भन्दै उनीहरुले तालाबन्दी गरेका थिए ।
 
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:४४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
