Sagun Khabar
बैतडीको दशरथचन्दका विद्यालयहरु आइतबारदेखि सञ्चालन हुने 

बैतडी–जेन जी प्रर्दशनका कारण बन्द भएका बैतडीको दशरथचन्द नगरपालिकाभित्रका विद्यायलयहरु भोलि (आइतबार)देखि नियमित सञ्चालन हुने भएका छन् । 

बिषम परिस्थितीका कारण भदौ २३ गतेदेखि बन्द भएका विद्यालय अवस्था सहज भएपछि आइतबारदेखि सञ्चालन हुने दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । 

आइतबारदेखि नगर क्षेत्रभित्रका सबै विद्यालयहरु सञ्चालनमा आउने शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए । विद्यालयका सञ्चालनका बिषयमा सबै विद्यालयहरुलाई सूचना गरिसकेको उनले बताए । 

दशरथचन्द नगरपालिका भित्र सामुदायिक र संस्थागत गरेर ६२ ओटा विद्यालय सञ्चालनमा रहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update