Sagun Khabar
बैतडीमा हट्यो कर्फ्यु र निषेधाज्ञा 

बैतडी–जेनजी पुस्ताको आन्दोलनका कारण बैतडीमा लगाइएको कर्फ्यु र निषेधाज्ञा आजदेखि हटाइएको छ । जिल्लामा शान्ति सुरक्षाको स्थिती सामान्य हुँदै गएपछि कर्फ्यु र निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । 

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना नभए सम्मका लागि जिल्लाभर कर्फ्यु तथा निषेधाज्ञा हटाइएको जनाइएको छ ।

यसका साथै बिषम परिस्थितीमा जिल्लाभर शान्ति र सुव्यवस्था कायम गरी जनजीवनलाई सहज बनाउन सहयोग गर्ने सबैलाई जिल्ला सुरक्षा समितिका तर्फबाट धन्यवाद समेत ज्ञापन गरिएको छ । 

Corfue-1757757634.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update