बैतडीमा कारागार तोडेर भागेका कैदी मध्ये २९ जना प्रहरी नियन्त्रणमा

बैतडी - बैतडीमा कारागार तोडेर भागेका ६२ जना कैदी मध्ये शुक्रबार सम्म २९ जना कैदीहरुलाइ प्रहरिले नियन्त्रणमा लिइसकेको छ । ३ जना कैदी नभागेर कारागार प्रशासनमा बसेका थिए भने अन्य फरार भएका मध्ये २६ जनालाइ जिल्लाका बिभिन्न ठाउँबाट नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
गत मंगलबार राती बैतडी कारागार तोडफोड र आगजनी गरेर कैदीहरु भागेका थिए । कारागारबाट फरार भएका कैदीहरुलाइ खोज्न संयुक्त सुरक्षा टोलीले अप्रेसननै सञ्चालन गरीसकेको निरीक्षक पाण्डेयले बताए ।
प्रहरीले भागेका अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । कारागारबाट कैदीकन्दी भागेकाले अपराधिक घटनाहरु हुन सक्ने भएकाले सबैलाइ सजह रहन आग्रह गरीएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ २०:१६
प्रतिक्रिया दिनुहोस्