Sagun Khabar
प्रहरीले भन्यो– ‘भागेका अभियुक्त र कैदीबन्दी यथाशीघ्र सम्पर्कमा आउनु’

नेपाल प्रहरीले भागेका अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर ‘जेन–जी’ प्रदर्शनका क्रममा भागेका अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरेको हो ।

‘जेन–जी’ प्रदर्शनका क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाइ तथा कारागार कार्यालयहरूमा तोडफोड, आगजनीपछि हिरासतमा रहेका अभियुक्त र कारागारमा रहेका कैदीबन्दी भागेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update