बैतडीमा एक वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा न ४ का अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ । जेन जी नामक देशैभरी आन्दोलन भएसगै सुर्नयाका युवाहरुले वडा अध्यक्ष प्रताप महराको कार्यकक्षमा ताला लगाएको युवा प्रकास साउदले बताए ।
वडा अध्यक्ष सम्र्पकमा नहुने,वडामा स्ट्र«ेचरको ब्यवस्था गर्नुपर्ने,वडा भित्रका बिभिन्न कार्यक्रम र योजनाहरुको अनियमितता माथि छानबिन गर्नुपर्ने,वडा कार्यालमा शौचालय निर्माण गर्नुपर्ने,टेन्ट खदिमा भएको अनियमितता माथि छानबिन गर्नुपर्ने लगायतका माग र आरोप लगाउदै वडा अध्यक्षको कार्यकक्षमा ताला लगाएको साउदले बताए ।
वडा अध्यक्षको कार्यकक्षमा तालालगाएपनि प्रशासनीक काम गरिरहेको वडा सचिब दान सिह बिष्टले बताए ।
माग पूरा नभए सम्म ताला नखुल्ने युवाहरुको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ १४:४९
प्रतिक्रिया दिनुहोस्