
बैतडी –जेनजी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा बैतडीका स्थानीय तहहरुले आज शोक बिदा दिएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका,सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका,पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकाले सूचना प्रकाशन गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको उल्लेख गरिएको छ ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउनुपर्ने दुखदायी परिस्थिती सिर्जना भएको भन्दै पालिकाहरुले दुःख व्यक्त गरेका छन् ।
नागरिकको जीउधनको रक्षा गर्न, शान्ति सुरक्षा कायम गर्न र जेनजी पुस्ताका जायज माग पूरा गर्न पालिकाहरुले सरकारलाई अनुरोध समेत गरेका छन् ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा हिजो प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको छ भने कैयौं मानिस घाइते भएका छन् ।