Sagun Khabar
बैतडीको सुर्नया–६ मा आज र भोलि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ को कार्यालय शंकरपुरमा आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन भएको छ । 

सुर्नया गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शिविर सञ्चालन भइरहेको हो । यसअघि बिहीबार र शुक्रबार गाउँपालिकाको कार्यालय रौलेश्वरमा दर्ता शिविर सञ्चालन भएको थियो । 

सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि जेष्ठ नागरिकहरुको सहजताका लागि प्रत्येक स्थानीय तहमा शिविरमार्फत विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । 

गाउँपालिकाबासीहरुको सहजताका लागि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

वडा नं ६ को कार्यालय शंकरपुरमा सञ्चालन भएको शिविरमा वडा नं ६, ७ र ८ का सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न सक्ने वडा नं ६ का सचिव टंकप्रसाद अवस्थीले बताए । 

राष्ट्रिय परिचयपत्र दर्ता शिविरमा आउने सेवाग्राहीहरुले नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र, विवाहित महिलाहरुले विवाह दर्ताको प्रमाण पत्र लगायतका कागजात ल्याउनुपर्ने वडा सचिव अवस्थीले बताए । 

नेपाल सरकारले बैंक खाता खोल्न, सामाजिक सुरक्षा भत्ता बुझ्न लगायतका काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले शिविरमा आएर परिचयपत्र विवरण दर्ता गर्न आग्रह गरिएको छ । सुर्नया गाउँपालिका वडा नं ६ मा आज र भोलि शिविर सञ्चालन हुने बताइएको छ ।

भदौ २३ र २४ गते सुर्नया गाउँपालिका वडा नं ४ को कार्यालयमा शिविर सञ्चालन हुने सुर्नया गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update