Sagun Khabar
बैतडीको सुर्नयामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन भएको छ । 

सुर्नया गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा दर्ता शिविर सञ्चालन भएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले उनीहरुको सहजताका लागि शिविर सञ्चालन गरिएको उनले बताए । 

हिजोदेखि गाउँपालिकाको कार्यालयमा सञ्चालन भएको शिविर आज पनि गाउँपालिका कार्यालयमै सञ्चालन हुने बताइएको छ । उक्त शिविरमा वडा नं ५ र अन्य वडाका नागरिकहरुले सेवा लिन सक्ने गाउँपालिकाका सूचना अधिकारी रामसिंह महराले बताए । 

यस्तै भदौ २१ र २२ गते वडा नं ६ को कार्यालय शंकरपुरमा दर्ता शिविर सञ्चालन हुनेछ । उक्त शिविरमा वडा नं ६, ७ र ८ का सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सक्ने उल्लेख गरिएको छ । 

यस्तै भदौ २३ र २४ गते वडा नं ४ को कार्यालयमा शिविर सञ्चालन हुने र उक्त शिविरमा वडा नं ३ र ४ का सेवाग्राहीहरुले विवरण दर्ता गर्न सक्ने बताइएको छ । 

जिल्ला प्रशासन कार्यालयले जेष्ठ नागरिकहरुको सहजताका लागि स्थानीय तहहरुसँगको समन्वयमा सम्बन्धित तहमै शिविरमार्फत परिचयपत्रका लागि दर्ता शिविर सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । 
Shibir-1757041872.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update