निजामती कर्मचारी युनियन स्थापना दिवस : टुहुरा बालबालिकालाई लुगा वितरण

बैतडी –नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा बैतडीमा टुहुरा बालबालिकाहरुलाई लुगा वितरण गरिएको छ ।
विरेन्द्र मावि शाहीलेकमा अध्ययनरत २० जना टुहुरा बालबालिकाहरुलाई नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा एक÷एक जोर लुगा वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन बैतडीका अध्यक्ष मनोज भट्टले बताए ।
विरेन्द्र मावि शाहीलेकमै पुगेर टुहुरा बालबालिकाहरुलाई लुगा वितरण गरिएको उनले बताए ।
उक्त कार्यक्रममा अध्यक्ष भट्टका साथै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य डम्मरसिंह थापा, महाधिवेशन प्रतिनिधि विनोदबहादुर चन्द, स्वास्थ्यकर्मी संघ बैतडीका अध्यक्ष महेश भट्ट लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ १८:१४
प्रतिक्रिया दिनुहोस्