Sagun Khabar
दार्चुलामा चट्याङ लागेर तीन जना घाइते 

दार्चुला –दार्चुलामा चट्याङ लागेर तीन जना सामान्य घाइते भएका छन् । 

जिल्लाको मालिकार्जुन गाउँपालिका–७ जोलजिवीका मनिराम टमाटाको घरमा शुक्रबार राति ९ बजेतिर परेको चट्याङ लागेर शैल्यशिखर नगरपालिका– ३ लुइटाका २४ बर्षीया बिमला लावड, चार बर्षीया रिया लावड र तीन महिने शिशु दिपेश लावड सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए । 

बिमला माइती घरमा गएको बुझिएको उनले बताए । चट्याङ लागेर मनिराम टमाटाको एक गोरु मरेको प्रहरी निरीक्षक रावतले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update