Sagun Khabar
बैतडीको सुर्नया–६ मा तीजको अवसरमा देउडा कार्यक्रम हुने 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ मा हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा देउडा कार्यक्रम हुने भएको छ । 

सुर्नया गाउँपालिका र सुर्नया गाउँपालिका–६ को सहयोग  तथा सिगास उद्यमशील महिला समूह र महिला स्वास्थ्य स्वयंसेविकाहरुको आयोजनामा देउडा कार्यक्रम सञ्चालन हुने वडा सदस्य निर्मला अवस्थीले बताइन् । 

सिगास मावि मुसेमा आइतबार र शंकरपुर स्वास्थ्यचौकीमा भदौ १० गते देउडा कार्यक्रम हुने भएकाले सहभागिताका लागि सबैलाई आग्रह गरिएको सदस्य अवस्थीले बताइन् । 

हरितालिका तीजको अवसरमा दिदीबहिनीहरुबीच भेटघाट तथा स्थानीय संस्कृतिको संरक्षणका लागि देउडा कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update