आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै

बैतडी – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ ।
बैतडीका विभिन्न स्थानमा रहेका श्रीकृष्णका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । भजनकिर्तनसहित मन्दिरहरुमा पूजाआजा भइरहेको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२ ०७:२३
प्रतिक्रिया दिनुहोस्